बालबालिकाको क्यान्सर रोक्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो निःशुल्क खोप
nepalkhabar.com · Tue Oct 15 16:39:53 UTC 2024

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नका लागि सहयोगको आग्रह गरेका छन्।
मन्त्री पौडेलले जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन्। नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)