मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
ratopati.com · Thu Jun 18 10:16:40 GMT 2026

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्यवस्तु भरिभराउ रहेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाडा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाडा महँगो भएको कारण देखाइ खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रदेशिक कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए।
भाडाका सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकिएको उनले बताए। सुर्खेतबाट कर्णालीका १० जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ।
हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरुद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ। मूल्यवृद्धि भएसँगै त्यस क्षेत्रमा ३० प्रतिशत मात्र खाद्यान्न ढुवानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)