नेपाल मेडिकल काउन्सिल: जनस्वास्थ्यको रक्षक कि लाइसेन्स दिने निकाय मात्र ?
nepalpress.com · Thu Jun 18 10:17:37 GMT 2026

केही समयअघि म नेपाल मेडिकल काउन्सिल पुगेको थिएँ। कारण साधारण थियो- आफ्नै भविष्य, कागजात र पेसागत प्रक्रियाबारे स्पष्ट जानकारी लिन। तर त्यहाँ पुगेपछि मैले जे अनुभव गरेँ, त्यसले मलाई केवल व्यक्तिगत समस्या मात्र होइन, नेपाल मेडिकल काउन्सिलभित्रको कार्यशैली, जिम्मेवारीबोध र जनताप्रतिको जवाफदेहिताका बारेमा गम्भीर रूपमा सोच्न बाध्य बनायो।
काउन्सिलका कर्मचारी वा पदाधिकारीसँग भेट्न जाँदा झोला लिएर जान नपाइने, गेटमै दुई–तीन जना सुरक्षा कर्मचारी खटिएका, माथि चढ्नुअघि सम्पूर्ण शरीर जाँच गरिने जस्ता व्यवस्थाले मलाई अचम्मित बनायो। एकछिन त यस्तो लाग्यो, म कुनै सार्वजनिक सेवा दिने नियामक निकायमा होइन, कुनै मन्त्री वा देशका प्रधानमन्त्रीलाई भेट्न जाँदैछु।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)