इटहरीमा जेसीज राष्ट्रिय महाधिवेशन पुस ६ देखि
rajdhanidaily.com · Tue Dec 17 23:11:46 GMT 2024

इटहरी । इटहरीमा नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन यही पुस ६, ७ र ८ गते हुँदैछ । मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनको सुरू दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिइयो ।
महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् । पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)