मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हर्मुज जलयोजकमा ६० दिनपछि पैसा उठाउन थाल्ने इरानको चेतावनी

clickmandu.com · Thu Jun 18 10:24:49 GMT 2026

एजेन्सी । इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले अमेरिकासँग भएको समझदारी पत्रमा तोकिएको ६० दिने निःशुल्क अवधि समाप्त भएपछि स्ट्रेट अफ हर्मुज भएर आवतजावत गर्ने व्यापारिक जहाजहरूसँग शुल्क असुल्ने योजना रहेको स्पष्ट पारेका छन् ।

सरकारी टेलिभिजनमा प्रसारित एक अन्तर्वार्ताका क्रममा बोल्दै उनले यो अत्यन्तै रणनीतिक सामुद्रिक मार्ग अब द्वन्द्वअघिको पुरानै अवस्थामा नफर्कने दृढता व्यक्त गरेका हुन् ।

उनले यस जलमार्गलाई इरानको आफ्नो सार्वभौम अधिकार क्षेत्रको अभिन्न अंगका रूपमा लिएको र यस मार्गको प्रयोग गर्ने जहाजहरूलाई प्रदान गरिने सुरक्षा लगायतका सेवाहरू बापत निश्चित कर वा शुल्क लगाउने स्पष्ट मनसाय रहेको जिकिर गरे ।

६० दिनपछि यो व्यवस्था लागू हुने इरानको घोषणाले विश्व ऊर्जा बजार र शिपिङ उद्योगमा फेरि नयाँ अन्योल र महँगीको त्रास सिर्जना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)