सरुमारानीमा प्रभावकारी बन्यो ‘छोरी पेवा बचत कार्यक्रम’
ratopati.com · Tue Oct 15 18:04:00 UTC 2024

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
कार्यक्रमबाट गाउँपालिकाका सात सय ४७ छोरी लाभान्वित भएका छन् । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ देखि उक्त बचत कार्यक्रम सुरु भएको थियो । पालिकाका सवै छोरीलाई शिक्षामा पहुँच पुर्याउँदै विभेद कम गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । छोरीलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन ल्याउन कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)