मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

barnanmedia.com · Thu Jun 18 10:17:44 GMT 2026

सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले वढेको छ ।

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए ।

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् ।

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)