मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव

ratopati.com · Tue Oct 15 18:14:00 UTC 2024

ललितपुर । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गरेका छन । निरीक्षणपछि उनले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी सेवा सञ्चालन गर्नेगरी तीन दिनभित्र काम सुरु गरिने बताए ।

'आज हामीले खानेपानी मुहान क्षेत्रको जानकारी लियौँ । वन विभागका महानिर्देशक, केयुकेलका प्रमुख र हाम्रो मन्त्रालयका प्राविधिक समूहसँगै हामी खानेपानी मुहानमा पुग्यौँ । उहाँहरूले लागतसहितको प्रतिवेदन तयार गर्नुहुन्छ । प्रतिवेदन आएपछि तुरुन्तै काम सुरु गछौँ,' मन्त्री यादवले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)