नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान
annapurnapost.com · Thu Sep 10 09:26:28 GMT 2026

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको सहयोगका लागि १ करोड ३१ लाख सहयोग गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)