“दी बडी सप”को सुरुवात
gorkhapatraonline.com · Thu Jun 18 10:30:58 GMT 2026

ललितपुर, असार ४ गते । ललितपुरको लबिम मलमा गुणस्तरीय सौन्दर्य सामाग्रीसहितको “दी बडी सप”को दोस्रो शाखाको सुरुवात भएको छ । नेपालका लागि बेलायतका राजदुतले रोब फेनले विहिवार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त सौन्दर्य सामाग्रीसहितको दोस्रो शाखाको उद्घाटन गर्नुभएको हो ।
उहाँले जनावर, पर्यावरणको संरक्षणको आवाजसँगै बेलायतको लण्डनमा स्थापित दी बडी सपले नेपाली पर्यावरण प्रेमी उपभोक्ता समक्ष आइपुगेको बताउनुभयो । राजदुतले प्राकृतिक सौन्दर्य, यहाँको संरक्षित जनावर बाघलगायत सगरमाथाको देशका रुपमा चर्चित मुलुक नेपालमा द बडी सपका कारण जनावर र प्रकृतिको संरक्षणका लागि हामी ऐक्यवद्ध छौँ,भन्ने सन्देश दिने विचार व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)