टी-२० विश्व कप क्रिकेट : पाकिस्तान सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित
Ujyaaloonline.com · Mon Nov 08 01:11:52 GMT 2021
काठमाण्डाै - पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङ्टनले सर्वाधिक ५४ रन जोडे । यस्तै, जर्ज मुन्शेले १७, माइकल लिस्कले १४, कप्तान काइल कोट्जरले ९ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)