मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय निम्तोमा रवि लामिछाने चार सदस्यीय टोलीसहित दिल्ली जाँदै, भ्रमण टोलीमा को–को छन्?

barnanmedia.com · Mon May 25 14:58:21 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते दुईदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको यस भ्रमण दलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री एवं सांसद विपिन आचार्य र सांसद दिपक बोहरा रहने स्रोतले जनाएको छ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। यद्यपि, भेटवार्ताको अन्तिम समय भने तय हुन बाँकी छ। उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय समेत अवलोकन गर्ने कार्यक्रम छ। राजनीतिक भेटघाटबाहेक लामिछानेले अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि रास्वपा सभापति लामिछानेको यो दिल्ली भ्रमण हुन लागेको हो

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)