प्रज्ञा प्रतिष्ठानका खरिदारविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा
gorkhapatraonline.com · Thu Jun 18 10:32:57 GMT 2026

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा रङ्गमञ्च सहायक पदमा कार्यरत खरिदार राम कुमार बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनले २०६९ मङ्सिर १ गतेदेखि लागू हुने गरी रा.प. अनंकित तृतीय श्रेणी सरहको रङ्गमञ्च सहायक पदमा (स्थायी) राष्ट्रसेवक ओहदा पाउन तरुण माध्यमिक विद्यालय, बालाजुको कक्षा १० को लब्धाङ्कपत्र र ट्रान्सफर प्रमाणपत्र लगायतका योग्यतासम्बन्धी झुट्टा विवरण तथा प्रमाणपत्र पेस गरी सो ओहदा, लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)