मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात गर्न सकेनौं भने ‘इन्भेष्टमेन्ट ट्र्याप’ मा पर्न सक्छौंः ऊर्जामन्त्री श्रेष्ठ

kathmandupati.com · Thu Jun 18 10:38:07 GMT 2026

काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलविद्युत उत्पादनमा मात्र ध्यान केन्द्रित गर्दा बजारको समयस्या हुन सक्ने सम्भावनातर्फ सचेत हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले उत्पादनसँगै बजार र खपत बढाउने नीतिमा ध्यान दिइनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात हुन नसक्ने सम्भावनालाई मध्यजर गर्दै सरकारले विकल्पमा आन्तरिक खपत बढाउने नीति लिएको दाबी गरे । ‘उत्पादनमा मात्र लाग्दा हामी कतै ‘इन्भेष्टमेन्ट ट्र्यापमा त पर्दैनौं ?’, श्रेष्ठले भने, ‘उत्पादन एकदम धेरै हुने, खपत नहुने अथवा अन्तर्राष्ट्रिय बजारमा साँच्चिकै निर्यात गर्न सकेनौं भने के हुन्छ भन्ने चिन्ताको विषय हो ।’

सरकारले विद्युत निर्यातसँगै खपत रणनीतिलाई पनि सँगसँगै अघि बढाएको बताए ।

घरेलु उपभोग बढाउने, कृषि क्षेत्रमा बढी प्रयोग गर्ने तथा हाइटी र हस्पिटालिटी क्षेत्रमा खपत बढाउने रणनीति सरकारले बताएको उनको भनाइ थियो ।

‘पहिला घरमा बत्ती बाल्ने मात्र गरिन्थ्यो । अहिले आवश्यकता र प्राथमिकता परिवर्तन भएकाले खपत वृद्धिको योजना ल्याएका छौं । अर्को खपत हुने क्षेत्र कृषि हो । कृषिका लागि पम्पहरु ‘म्याक्सिमम’ हुनुपर्छ । डिजेल पम्प धेरै छन् । आइटी र हस्पिटालिटीसहित अरु क्षेत्रमा खपत बढाउन सकिने छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)