सिप्रदी ट्रेडिङको स्कील–अप कार्यक्रम सम्पन्न
abhiyandaily.com
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ६ महीने निःशुल्क स्कील–अप तालीम सम्पन्न गरेको छ । सिप्रदीयन सहायता संस्थाको आयोजनामा गरिएको स्कील–अप तालीम कार्यक्रमको तेस्रो ब्याच सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।
दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा नेपालभरका सिप्रदीका च्यानल पार्टनर, आधिकारिक सर्भिस सेन्टर, ग्यारेज तथा आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिश भएका १२ जना प्रशिक्षार्थीको सहभागिता थियो । तालीम सकिएसँगै संस्थाले सिफारिश गरेको वर्कशपमा उनीहरूले रोजगारी पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)