देशभर रेबिज खोप अभाव हुँदा शुक्रराज अस्पतालमा बढे बिरामी
swasthyakhabar.com · Thu Jun 18 10:41:44 GMT 2026

काठमाडौं - नेपालभरका विभिन्न स्वास्थ्य संस्थामा रेबिज खोपको अभाव हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दो छ ।
खोप अभाव भएपछि सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवालगायत जिल्लाबाट रेबिज खोप लगाउनका लागि अस्पताल आउनेहरुको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ