मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्र मन्त्रलयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँछौँ : खनाल

baahrakhari.com · Thu Jun 18 10:44:00 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ र सोहीअनुसार बजेट र साधनस्रोतको व्यवस्थापन प्राथमिकतामा परेको छ,” परराष्ट्रमन्त्री खनालले भने ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालय र अन्तरगतका निकायका लागि कुल ८ अर्ब ७३ करोडको बजेट स्वीकृत भएको उनले जनाए ।

“यो बजेट गत वर्ष ७ अर्ब ८४ करोडभन्दा करिब ११ प्रतिशत वृद्धि भएको छ,” उनले भने ।

विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए ।

#प्रतिनिधिसभा बैठक

#परराष्ट्र मन्त्रालय

#शिशिर खनाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय