जोखिमयुक्त क्षेत्रमा ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान
ratopati.com · Mon May 25 15:15:01 GMT 2026

चितवन । चितवनका मुख्य सडकका जोखिमयुक्त चोक तथा क्षेत्रमा सडक सुरक्षा बढाउन ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर, टाँडी, पर्सा बजारलगायतका स्थानमा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट जडान गरिएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार भरतपुर बाइपास रोडस्थित मालपोत चोक तथा प्रहरी तालिम केन्द्र चोक र चौबिसकोठीमा स्प्रिङ पोस्ट जडान गरिएको छ । रत्ननगरको टाँडी बजार र खैरहनीको पर्सा बजारको मुख्य राजमार्ग क्षेत्रमा पनि जडान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)