मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाष्प इन्जिनहरूको संरक्षण गर्न सङ्ग्रहालय बनाइने

barnanmedia.com · Tue Oct 15 22:00:07 UTC 2024

काठमाडौँ, ३० असोज : नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ ।

नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा खिया लागेर समाप्त हुने क्रममा रहेका इन्जिनहरूको संरक्षण गर्नुपर्ने आवाज उठ्ने गरे पनि तिनको संरक्षण भने हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)