मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेर्ना उमारेरै घरखर्चको जोहो

barnanmedia.com · Tue Oct 15 22:03:14 UTC 2024

काठमाडौँ, ३० असोज : शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् ।

भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थाल्नुभएको हो । पाँच वर्षदेखि उहाँ यस कार्यमा संलग्न रहँदै आउनुभएको छ । गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए । यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)