मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंजा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बीमा

ratopati.com · Thu Jul 31 19:09:00 GMT 2025

जुम्ला । सिंजा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार पाँच सय ४५ घरको घर बीमा गरेको छ । पालिकाका ६ वटै वडामा दुई जना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी घर बीमाको सङ्ख्या निर्धारण भएपछि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममार्फत सिंजाका एक हजार ५४५ घरको बीमा गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ मन्त्रिपरिषद्बाट फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)