विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
ratopati.com · Thu Jun 18 10:54:15 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराएका थिए । सो अवसरमा सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्रीले संसद् उठाएको राष्ट्रियताको विषय, सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन र मानव अधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत विषयमा पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा