मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

gorkhapatraonline.com · Thu Jun 18 10:54:32 GMT 2026

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय