पहाडका गाउँ-गाउँमै कोरोना
ekantipur.com · Wed May 26 16:51:59 GMT 2021
इलाम, खोटाङ, ताप्लेजुङ र धनकुटा — पूर्वी पहाडी जिल्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलिने क्रम बढे पनि परीक्षण पर्याप्त हुन सकेको छैन । कोरोना जस्तै लक्षणका बिरामीको संख्या पछिल्ला दिन ह्वात्तै बढेकाले थप जोखिम निम्तिएको छ ।
इलामका ग्रामीण क्षेत्रसम्मै कोरोनाको प्रभाव देखिएको छ । गत वैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गरेर आवतजावतमा नियन्त्रण गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । माइजोगमाई गाउँपालिका–४ को एउटा गाउँमा घरैपिच्छे संक्रमित छन् । संक्रमित हुनेमा २० देखि ८८ वर्ष उमेर समूहका छन् । केही दिनअघिदेखि नै गाउँमा रुघाखोकीको लक्षण देखिएर स्थानीय बिरामी पर्न थालेका थिए । यो गाउँपालिकामा १ जनाको ज्यानसमेत गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)