मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर

ratopati.com · Thu Jun 18 10:56:45 GMT 2026

सान फ्रान्सिस्को । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रका चर्चित अनुसन्धानकर्ता तथा गुगलको जेमिनी एआई मोडेल विकासका को–लिड नोआम शाजिरले गुगल छोडेर च्याटजिपिटी निर्माता ओपनएआईमा आबद्ध हुने घोषणा गरेका छन् ।

गुगलमा इन्जिनियरिङ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शाजिरले बुधबार सामाजिक सञ्जाल एक्समार्फत आफू ओपनएआईमा जान लागेको जानकारी दिएका हुन् । उनको यो निर्णय एआई क्षेत्रमा प्रतिभाशाली जनशक्तिका लागि तीव्र प्रतिस्पर्धा भइरहेका बेला आएको हो । विश्वका प्रमुख एआई कम्पनीहरू अत्याधुनिक मोडेल विकासको दौडमा रहेकाले अनुभवी अनुसन्धानकर्ता तथा इन्जिनियरहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)