बुद्धिचालका शीर्ष खेलाडी उपाधि नजिक
neplays.com · Thu Jun 18 11:07:00 GMT 2026
राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल ९ चरणका खेल सम्पन्न भएका छ। प्रतिस्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अंक र महिला राष्ट्रिय उपविजेता कृतिसरा अधिकारीले ७.५ अंक बनाउदै उपाधि नजिक पुगेका छन्।
२६ औं पुरुष राष्ट्रिय खेल तर्फ काठमाडौका शीर्ष २०७६ रेटेड रुपेश जैसवालले ८ जीत तथा १ बराबरी खेल पस्केर स्पष्ट २ अंकको अग्रता कायम गरेका छन्। पाँचथरका २०६१ रेटेड खेलाडी रिसोन थापा ६.५ अंक जोडेर दोस्रो स्थानमा छन्। दोलखाका १९४० रेटेड आशिष् फुयाल, काठमाडौका २०३४ रेटेड सिएम पुरुषोत्तम सिलवाल र झापाका २०१९ रेटेड सुश्रुत दहाल ५.५ अंक टाइब्रेक आधारमा शीर्ष ५ तिर अग्रसर छन्। झापाका १९४४ रेटेड राजन सुवेदी, ज्वाला ईम्बुङ, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका १९४८ रेटेड एआईएम अभीक शाह, खोटाङका १९६९ रेटेड धिरेन राई, काठमाडौका २००२ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र ललितपुरका १९२० रेटेड कमल श्रेष्ठ क्रमशः लामबद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ