मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पासपोर्ट खरिद प्रकरण : पूर्वमन्त्री आरजुका आमा–छोरा संलग्न, बयानका लागि नेपाल ल्याइँदै

barnanmedia.com · Thu Jun 18 10:59:09 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ ।

बुधबार अख्तियारको टोलीले बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर बयानका लागि उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको हो ।

अख्तियारले करिब एक अर्ब रुपैयाँ अतिरिक्त खर्च भएको आरोप लागेपछि सो ठेक्का प्रक्रियामा संलग्न करिब ४० जनामाथि अनुसन्धान गरिरहेको छ ।

यसअघि राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित केही अधिकारी पक्राउ परेका छन् भने अन्य पदाधिकारीहरूसँग पनि बयान लिइँदैछ ।

अख्तियार स्रोतका अनुसार, मन्त्रीस्तरीय कुनै लिखित निर्देशन नभए पनि ठेक्का डिजाइन, प्याकेज निर्माण र कम्पनी छनोट प्रक्रियामा अनौपचारिक संलग्नता भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।

अनुसन्धानमा आरजु राणा देउवा मात्र नभई उनका छोरा जयवीर देउवा लगायतका व्यक्तिहरूको भूमिका पनि छानबिन भइरहेको दाबी गरिएको छ ।

यसअघि नै प्राविधिक मूल्यांकनदेखि ठेक्का निर्णयसम्म प्रक्रियागत त्रुटि भएको भन्दै उजुरीहरू परेका थिए ।

प्रतिस्पर्धी कम्पनीहरूले झन्डै एक अर्ब रुपैयाँ बराबरको राज्यलाई अतिरिक्त भार परेको दाबी गर्दै उजुरी दिएका थिए ।

अख्तियारले पछिल्ला दिनमा विभिन्न अधिकारीहरूलाई पक्राउ र बयान लिने क्रम तीव्र बनाएको छ ।

आयोगका अनुसार, अनुसन्धानलाई छिट्टै निष्कर्षमा पुर्‍याउने तयारी भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय