पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति पत्रकार महासंघको निन्दा
onlinekhabar.com · Mon May 25 15:35:37 GMT 2026

११ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त गरेको छ । सोमबार साँझ महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार रहेको भनेका छन् ।
‘गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ