भोटेकोशी बाढीपीडितका लागि नेपाल तयारी पोशाक उद्योग संघद्वारा ३३ लाखभन्दा बढी राहत सहयोग
kendrabindu.com · Thu Sep 10 10:20:16 GMT 2026

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ३३ लाख ३३ हजार ३३३ रुपैयाँ राहत सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक अर्थमन्त्रीमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी हस्तान्तरण गरेको छ।
संघका अनुसार सदस्य उद्योगहरूले व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन्। साथै, बाढीपीडितको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय क्रेताहरूसँगको सहयोगमा लुगाकपडा, तयारी पोशाक तथा अन्य अत्यावश्यक सामग्रीहरू प्रत्यक्ष वितरण भइरहेको संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)