नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजक
baahrakhari.com · Thu Jun 18 11:18:13 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टीभी तथा डीजीओ एपमार्फत सहभागी रहनेछ ।
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने, “विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
फिफा
काठमाडौँ