यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितको राहतका लागि ३ करोड ५१ लाख सहयोग
kendrabindu.com · Thu Sep 10 10:31:54 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
कम्पनीहरूले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका हुन्। सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र अध्यक्ष चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)