रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशु मरेपछि पाँचथरका किसानको गोठ रित्तियो
bishowkhabar.com · Thu Sep 10 10:33:07 GMT 2026

काठमाडौं– रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेका किसान आर्थिक समस्यामा परेका छन् । दूध दिँदै गरेका गाईभैँसी मरेपछि किसानको आम्दानीको मुख्य स्रोतसमेत बन्द भएको छ ।
मेहेलबोटेकी लीलादेवी दाहाल रिजालले डेरी उद्योगबाट ऋण लिएर खरिद गरेको गाई रेविज सङ्क्रमित कुकुरको टोकाइबाट मरेपछि ऋण तिर्नसमेत समस्या भएको बताइन् । उनको गाईबाट दैनिक १२ लिटरसम्म दूध उत्पादन हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)