मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ

ratopati.com · Thu Jun 18 11:23:06 GMT 2026

काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै धम्की दिने एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ४७ वर्षीय शैलेश डङ्गोल छन् ।

बुधबार उनलाई काठमाडौँ महानगरपालिका–३२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

आरोपीको साथबाट प्रहरीले नवीकरण नगरिएको पत्रकारको परिचयपत्र र वाकीटकी सेट बरामद गरेको छ । असार ३ मा साँझ उनले काठमाडौँ–३२ स्थित फुटबल ग्राउन्डमा प्रहरी हुँ भनेर सर्वसाधारणलाई धम्की दिएको एसपी भट्टराईले जानकारी दिए ।

उनले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२३ च २५३० नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)