मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोस्रो सगरमाथा संवाद–२०२७ मेमा, प्रारम्भिक  काम सुरु : परराष्ट्रमन्त्री खनाल

onlinekhabar.com · Thu Jun 18 11:19:07 GMT 2026

४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो संगरमाथा संवाद २०२७ मेमा हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिए ।

‘सगरमाथा संवादका लागि बजेट प्रस्तावित छ । यसको प्रारम्भिक काम सुरु भइसकेको छ,’ मन्त्री खनालले बैठकमा भने ।

पहिलो सगरमाथा संवाद २०२५ मेमा सम्पन्न भएको थियो । सगरमाथा संवाद सामान्यतया हरेक दुई वर्षमा हुन्छ ।

सगरमाथा संवाद २०२५ हिमाल बचाउने प्रतिबद्धता, हरित प्रविधिको प्रवर्द्धन, विकासशील राष्ट्रहरूलाई सहुलियत, वित्तीय सहयोग तथा जलवायु न्यायका पक्षमा ठोस मागहरू लगायत २५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)