पूर्वसभामुख कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
onlinekhabar.com · Thu Jun 18 11:26:30 GMT 2026

४ असार , काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गरेका छन्।
उनले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार , थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ