मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारकाे कार्ड देखाए ‘प्रहरी हुँ’ भन्दै धम्काउने व्यक्ति पक्राउ

nepalpress.com · Thu Jun 18 11:26:52 GMT 2026

काठमाडौं । वाकीट्वाकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्र सहित ‘प्रहरी हुँ’ भनि धम्काउने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं, काठमाडौं महानगरपालिका ३ घर भइ बस्ने ४७ वर्षीय शैलेश डंगोल रहेका छन् । डंगोलले बुधबार बेलुका साढे ९ बजे काठमाडौं महानगरपालिका ३२ फुटबल ग्राउण्ड स्थितमा प्रहरीले प्रयोग गर्ने वाकीट्वाकी सेट देखाई ‘म प्रहरी हुँ’ भनि धाक धम्की दिएका थिए ।

उनलाई प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

उनले प्रयोग गर्ने प्रदेश ३-०१-०२३ च २५३० नं को सवारी साधनमा रहेको BAOFENG नाम गरेको वाकीट्वाकी १, ब्लु बुक थान १ र सूचना तथा प्रसारण विभागबाट प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधि भनी उनस् शैलेस डंगोलको नाममा जारी भएको नवीकरण नगरिएको पत्रकार परिचय पत्र थान १ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय