सुदनले ‘क्लिनचिट’ पाउँदै, गृहमा पुनरागमनको सम्भावना
himalpress.com · Fri Jun 05 16:14:35 GMT 2026

काठमाडौँ- पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्ति स्रोत र आर्थिक कारोबारबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले ‘क्लिन चिट’ दिने तयारी गरेको छ। समितिले छानबिनको पूरा गरेर शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा गुरुङलाई क्लिनचिट दिएको बताइएको छ।
गृहमन्त्री छँदा प्रश्न उठेपछि सरकारले गुरुङमाथि छानबिन गर्न २०८३ वैशाख २८ गते मन्त्रिपरिषद् बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो। समितिले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)