मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुखको हाँगो ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

shilapatra.com · Mon May 25 16:09:01 GMT 2026

बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगो ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

घटनामा ट्याक्टरमै सवार नुवाकोट सूर्यगढी नगरपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोलका ५० बुद्धमान बल भने सकुशल रहेका प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३

२१:५४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)