काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
ratopati.com · Thu Jun 18 11:40:05 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ को लागि नयाँ बजेट पेस भएको छ । बिहीबार काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
कुन क्षेत्रमा कति बजेट
महानगरपालिकाले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरेको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
याे पनि...
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ