रोनाल्डोलाई मैदानबाट ननिकालेकोमा पोर्चुगलका प्रशिक्षक आलोचित, क्रिस सटनले भने– यो लाजमर्दो हो
nepalpress.com · Thu Jun 18 11:48:03 GMT 2026

काठमाडौं । विश्वकपमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १/१ को निराशाजनक बराबरी खेलका क्रममा क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्थापन गर्न अस्वीकार गरेको भन्दै पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको कडा आलोचना गरिएको छ ।
आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय रोनाल्डोले ह्युस्टनमा भएको उक्त खेलमा कङ्गोको बलियो रक्षापंक्ति तोड्न संघर्ष गरिरहेको पोर्चुगलको टोलीमा खासै प्रभाव पार्न सकेनन् । रोनाल्डोले अहिले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार १० खेलसम्म गोल गर्न सकेका छैनन् । मैदानमा उनको उपस्थिति फितलो देखिए पनि मार्टिनेजले आफ्ना स्टार खेलाडीलाई बाहिर निकाल्ने निर्णय गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ