सार्वजनिक ऋण ३० खर्ब नजिक, विकासभन्दा दोब्बर खर्च ऋण भुक्तानीमा
arthadabali.com · Thu Jun 18 11:52:51 GMT 2026

काठमाडौँ / नेपालको सार्वजनिक ऋण दायित्व निरन्तर बढ्दै गएर २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको ऋण ११ महिनामै २ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको हो।
यो वृद्धिमा नयाँ ऋण परिचालनसँगै विदेशी विनिमय दरमा आएको उतारचढावले भूमिका खेलेको देखिएको छ। नेपाली मुद्रा कमजोर हुँदा मात्रै बाह्य ऋणमा १ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी थप दायित्व सिर्जना भएको प्रतिवेदनले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)