भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
kendrabindu.com · Thu Sep 10 11:08:58 GMT 2026

काठमाडौं । रसुवाको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धारका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूलाई भदौ २४ गते हस्तान्तरण गरेको हो । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)