सुदूरपश्चिम प्रदेशसभाः दुई विधेयक टेबुल
lokaantar.com

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त विधेयक टेबुल गरे । पश्चिम तराईका जिल्लामा बसोबास गर्दै आएको डगौरा थारु समुदायमा बडघर तथा भलमन्सा प्रथा सदियौँदेखि प्रचलनमा रहेको छ । लोकतान्त्रिक एवं प्रजातान्त्रिक मानिने यो प्रथालाई कानुनी मान्यता दिन विधेयक टेबुल गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)