मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आक्रामक स्विट्जरल्यान्डविरुद्ध दृढ बोस्निया

onlinekhabar.com · Thu Jun 18 12:02:25 GMT 2026

४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्ड र बोस्निया तथा हर्जगोभिना खेल्दैछन् । उक्त खेल राति पौने एक बजे अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा बराबरी खेलेका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

स्विट्जरल्यान्ड नियन्त्रण र बलियो तथ्याङ्कका साथ मैदान उत्रनेछ भने बोस्निया अनुशासन र कडा रक्षापंक्तिका साथ आउनेछ । यो खेल मुख्यतःस्विट्जरल्यान्डको बल पजेशन र बोस्नियाको प्रतिरोधबीचको एउटा सफा प्रतिस्पर्धा हुनेछ । जहाँ साना गल्ती वा क्षणहरूले नतिजा निर्धारण गर्नेछन् । यो खेलमा पराजित हुने टोलीलाई भने अर्को चरणमा पुग्न कठिन हुनेछ । त्यसकारण पनि दुवै टोलीका लागि यो निकै महत्वपूर्ण खेल हुनेछ ।

स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना विश्वकपको इतिहासमा पहिलोपटक आमने–सामने हुन लागेका हुन् । यसअघि १० वर्ष पहिले जुरिचमा भएको एक मात्र मैत्रीपूर्ण खेलमा बोस्निया २–० ले विजयी भएको थियो । जहाँ जेको र मिरालेम प्यानिचले गोल गरेका थिए ।

स्विट्जरल्यान्ड नियन्त्रण र बलियो तथ्याङ्कका साथ मैदान उत्रनेछ भने बोस्निया अनुशासन र कडा रक्षापंक्तिका साथ आउनेछ । यो खेल मुख्यतः स्विट्जरल्यान्डको बल पजेशन र बोस्नियाको प्रतिरोधबीचको एउटा सफा प्रतिस्पर्धा हुनेछ । जहाँ साना गल्ती वा क्षणहरूले नतिजा निर्धारण गर्नेछन् ।

स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाका र स्ट्राइकर ब्रिल एम्बोलो विपक्षीलाई खतरा पार्न सक्ने खेलाडीहरु हुन् । जाका टोलीका मुख्य संवाहक हुन् । अघिल्लो खेलमा ७० वटा पास पूरा गर्दै उनले स्विस टोलीको मध्यभाग नियन्त्रणमा राखेका थिए । यतिबेला आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा रहेका ब्रिजले कतारविरुद्ध पेनाल्टीमार्फत गोल गरेका थिए । उनका पछिल्ला २५ अन्तर्राष्ट्रिय गोलमध्ये १० गोल पछिल्ला १३ खेलमा आएका हुन् ।

बोस्नियाका डिफेन्डर निकोला काटिच र स्ट्राइकर एडिन जेको स्विट्जरल्यान्डका लागि घातक बन्न सक्ने खेलाडी हुन् । उनी रक्षापंक्तिका मेरुदण्ड हुन् । क्यानडाविरुद्ध उत्कृष्ट रेटिङ पाएका उनले १६ वटा क्लियरन्स, ५ वटा ट्याकल र १५ वटा ड्वेल जित्दै बोस्नियालाई संयमित बनाएका थिए । ४० वर्ष पुगे पनि एडिन टोलीका सबैभन्दा अनुभवी र सर्वकालीन उच्च गोलकर्ता हुन । चोटका कारण अघिल्लो खेल सुरुमा गुमाए पनि उनी यस खेलमा मुख्य नेतृत्व र अनुभवका साथ मैदान उत्रनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय