मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या प्रयास मुद्दाका फरार आरोपी पासवान ललितपुरबाट पक्राउ

newsofnepal.com · Thu Jun 18 12:05:59 GMT 2026

वीरगंज ।

ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दामा लामो समयदेखि फरार रहेका आरोपी प्रदीप पासवानलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।

पर्सा जिल्ला अदालत वीरगंजबाट पक्राउ पूर्जी जारी भई फरार रहेका पासवानलाई विशेष प्रहरी टोलीले हिजो बुधबार ललितपुर महानगरपालिका–१० बालकुमारीस्थित आवासबाट खोजतलाश गरी पक्राउ गरेको हो।

प्रहरीका अनुसार मनिष कुमार साहको जाहेरीका आधारमा दायर भएको उक्त मुद्दामा प्रतिवादी पासवानलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय