हास्य कलाकार बट्टारे कान्छा अब व्यवसायमा, न्यूरोडमा नयाँ स्टोर सञ्चालन
newsofnepal.com · Thu Jun 18 12:05:35 GMT 2026

काठमाडौं
बट्टारे कान्छा नामले चर्चित कलाकार सन्देश लामिछाने अब व्यवसाय क्षेत्रमा प्रवेश गरेका छन्।
लामिछानेले आफ्नो नयाँ व्यवसाय न्यूरोडस्थित निरा प्लाजा (अन्डरग्राउन्ड) मा सञ्चालनमा ल्याएका छन्। उनले सामाजिक सञ्जालमार्फत दर्शक तथा शुभेच्छुकहरूको माया, विश्वास र हौसलाका कारण नयाँ व्यवसाय सुरु गर्न सकेको बताएका छन्। उनको नयाँ स्टोरमा लेडिज तथा जेन्सका विभिन्न प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा उपलब्ध हुने जनाइएको छ।साथै, ग्राहकको मागअनुसार अर्डर गरेर सामान उपलब्ध गराउने व्यवस्था पनि रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।
विषेश गरी टेलिभिजन हास्य श्रृंखला मेरी बास्सै नौटंकी सकस लगायतका कार्यक्रम, कमेडी शो र सामाजिक विषयवस्तुमा आधारित भिडियोहरूमा अभिनय गरेर दर्शकमाझ परिचित उनी पछिल्लो समय आफ्नो भ्लगमार्फत पनि चर्चामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)