बाटोमा भेटिएका सुनका गहना फिर्ता
gorkhapatraonline.com · Thu Sep 10 11:19:09 GMT 2026

सल्यानको दार्मा गाउँपालिका–५ की रोशनी बस्नेत खड्काले यात्राका क्रममा हराउनुभएका सुनका गहना दार्मा गाउँपालिका–६ गोठीबन बयालडाँडीका देबबहादुर विकको परिवारले फेला पारेर फिर्ता गरेको छ ।
रुकुम पश्चिमबाट दार्मातर्फ आउँदै गर्नुभएका देबबहादुर विक, उहाँकी श्रीमती रामकली विक, छोरी किस्वरी विक र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका घर भई माइती आएकी मायाबी विकले भदौ २४ गते बाटोमा सुनका गहना फेला पार्नुभएको थियो । गहना फेला परेपछि उहाँहरूले सम्बन्धित व्यक्तिको खोजी गरी सुरक्षित रूपमा फिर्ता गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)