होली शत्रुता बिर्सेर खुसी बाँड्ने सुनौलो अवसर
rajdhanidaily.com · Wed Mar 12 23:12:47 GMT 2025

अंग्रेजी भाषामा होली शब्दको अर्थ शुद्धता हो । पवित्रता हरेक व्यक्तिले चाहन्छ र यदि यो पर्वलाई पवित्रताको विरासतसँग जोडिएको छ भने, यस पर्वको महत्व धेरै बढ्छ । होलीको खुसी कति स्थायी हुन्छ ? रङहरूको यो परम्परालाई दीर्घायु दिइयोस् भन्ने अपेक्षा गरिएको छ । स्नेह र सम्मानको, प्रेम र स्नेहको, मित्रता र सद्भावको यस्तो दीप बाल्नुपर्छ कि यसको मञ्चमा मानिसले केही नयाँ गर्न प्रेरित होस् । प्रेम र घृणा एउटै सिक्काका दुई पाटा हुन् । प्रेम सकारात्मकता र ऊर्जाले भरिएको भावना हो, यसको विपरीत घृणा नकारात्मकता र क्रोधले भरिएको हुन्छ । हाम्रो धेरै मानिससँग मायालु सम्बन्ध छ, होलीको पर्वले यी सम्बन्धलाई नयाँ आयाम र नयाँ रङ दिन्छ । हामी ज–जसलाई माया गर्छौं, उनीहरूका लागि हामी सधैं खुसी चाहन्छौं, हामी उनीहरूप्रति कहिल्यै कुनै दुश्मनी वा द्वेष राख्दैनौं । होली मनाएर हामी समाजमा मानवीय मूल्यमान्यता स्थापित गर्छौं र मानिसमा प्रेम, एकता र सद्भाव बढाउँछौं । यो पर्व मनाउनुको पछाडिको भावना भनेको मानवीय सम्बन्धको गरिमालाई समृद्ध बनाउनु र जीवन मूल्यहरूको पहिचानलाई नयाँ आयाम दिनु हो ।
होली प्रेम, आपसी सद्भाव र रमाइलोको रङमा भिज्ने एक अनौठो पर्व हो । कोरोना महामारीका कारण यो पर्वको रङ फिक्का भएको हुन सक्छ वा मेरो र तिम्रो भावना, हतार, स्वार्थ र संकीर्णताका कारण होलीको परम्परा परिवर्तन भएको हुन सक्छ । परिस्थितिको प्रहारले होलीको आनन्दलाई पनि असर पारेको छ । तैपनि जब जीवनले आफैंमा रमाइलो र खुसी जम्मा गर्छ र त्यसलाई प्रस्तुत गर्ने बहाना खोज्छ । तब प्रकृतिले हामीलाई होलीजस्तो रंगीन पर्व दिन्छ । होली एक मात्र त्यस्तो पर्व हो जसको लागि मन मात्र होइन वातावरण पनि तयार हुन्छ । होलीको धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिकोणबाट पनि विशेष महŒव छ । यस पर्वको गौरवशाली परम्परालाई अक्षुण्ण राख्दै, हामी सबै एकताबद्ध हुने सचेत वातावरण सिर्जना गरौं र मनका फोहोर तहहरू हटायौं ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)