पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा, १८ हजार ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति हुने
aarthiknews.com

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६।८ एमभीए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।
प्राधिकरणका अनुसार उक्त सबस्टेशन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल कार्यबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)