मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

खल्तीको ‘खल्ती होटल्स’ सेवा सार्वजनिक ,अब होटल, फ्लाइट तथा बस बुकिङ एउटै एपबाट

nepalpress.com · Thu Sep 10 11:34:39 GMT 2026

काठमाडौं। आइएमई खल्ती लिमिटेड (खल्ती) ले“Khalti Hotels”सेवा”सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानीसमेत गर्न सक्नेछन्।

यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रा. लि.सँगको प्राविधिक साझेदारीमा सञ्चालन गरिएको हो। बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित छ र भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै बुकिङ कन्फर्मेसन प्राप्त गर्नेछन्। आन्तरिक उडान तथा बस बुक गर्ने प्रयोगकर्ताले अब गन्तव्यमा बास बस्ने होटलसमेत बुक गर्न सक्ने भएकाले खल्ती अब भुक्तानी सेवामा मात्र सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने प्लेटफर्मका रूपमा विस्तार भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)